पूर्वसांसद साहले बनाइदिए विपन्न परिवारलाई घर-Sutra News

पूर्वसांसद साहले बनाइदिए विपन्न परिवारलाई घर

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

सर्लाही- पूर्वसांसद् नरेन्द्र साहले चक्रघट्टा गाउँपालिका–६, गोइयाहीमा मागेर गुजारा गर्ने एक विपन्न परिवारका लागि घर निर्माण गरिदिएका छन् ।



स्थानीय सुनीता महतोको परिवारलाई उनले शनिबार घरमै पुगेर नयाँ कपडा पनि हस्तान्तरण गरे । उनले आफ्नै खर्चमा निर्माण भएको घरको निरीक्षणसमेत गरेका थिए ।

सर्लाही घर भएका पूर्वसांसद साहले गृह जिल्लामा समस्यामा परेका विपन्नका लागि सबैखाले सहयोग गर्दै आएका छन् । वर्षेनी उनले जाडोको मौसममा कम्बल वितरण, न्यानो लुगा वितरण, खानेपानीको लागि चापाकल जडान लगायतका सहयोग गर्दै आएका छन् ।

सुनीताका श्रीमान राजेन्द्रको चार वर्ष अघि निधन भएको थियो । उनको पाँच छोरी र दुई छोरा छन् । परिवार ठूलो भए पनि कमाउने कोही नभएकाले उनीहरु मागेर खान वाध्य थिए ।

उनीहरुको समस्या बारेमा जानकारी पाएपछि पूर्वसांसद साहले घर बनाइदिएका हुन् । उनीहरु बस्ने सानो झुपडिमात्र भएकाले घर भयो भने सहज हुने ठानेर सहयोग गरेको साहले बताए ।

साहले कोभिड–१९ को महामारी फैलिएपछि सर्लाहीका २० वटै स्थानीय तहमा मास्क र स्यानिटाइजर सहयोग गरेका थिए । नेपालमा मास्कको हाहाकार भएका बेला उनले २० हजार थान मास्क तत्कालै पठाएका थिए ।

त्यसैगरी महामारी फैलनबाट रोक्न नेपाल–भारत सीमा बन्द गरिएका बेला सीमामा गस्ती गर्न सहज होस भनेर उनले २० थान साइकल सशस्त्र प्रहरीलाई प्रदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरीलाई पनि उनले काेराेना राेकथाममा प्रहरी परिचालनका लागि सहयाेग पुगाेस भनेर १० थाना साइकल हस्तान्तरणा गरेका थिए ।

गत निर्वाचनमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिएका साह चुनावमा हारे पनि निरन्तर जनताको सेवामा खटिने नेताको रुपमा स्थानीयले बुझेका छन् । उनले चुनाव हारे पनि चुनाव जितेका नेताको भन्दा बढी सहयोग जिल्लाबासीलाई गरेको स्थानीयले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट