पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी-Sutra News

पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

एजेन्सी- पिफाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बीबीसीले बताएको छ । खोप निर्माणकर्ता ‘पिफाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन् ।



उनीहरुले निर्माण गरेको खोप ६ वटा देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिएको थियो । उक्त कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएको छ । पिफाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।’

हाल विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरू खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्येमा पिफाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ । यो खोप तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको अनुसन्धानमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट