गोकुलको व्यंग्य- प्रधानमन्त्रीलाई खतरा कारबाहीको तयारी रे !-Sutra News

गोकुलको व्यंग्य- प्रधानमन्त्रीलाई खतरा कारबाहीको तयारी रे !

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं- नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक ट्वीट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाशिला पात्रसमेत मानिने बाँस्कोटाले ओलीमाथि पार्टीले कारवाही गर्न लागेको विषय बाहिरिरहँदा उनले त्यसमा व्यंग्य गर्दै ट्वीट गरेका छन् । 



आज बिहान व्यंग्यात्मक शैलीमा ट्वीट गर्दै बाँस्कोटाले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागेको तर, पनि प्रतिक्षा गरिरहेको बताएका छन् । ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

नेकपाभित्र अध्यक्ष ओली पार्टी निर्णयविपरित एकलौटी ढंगले चलेको आरोप लगाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता उनीसँग रूष्ट छन् । बहुमत सचिवालय सदस्यले ओलीलाई सचिवालय बैठक डाक्न दिएको समयसीमा गुज्रिदा पनि निर्णय नभएपछि अर्को पक्ष बैठक डाक्ने तयारीमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट