सगुन सहकारीले पायो प्रदेश २ कै उत्कृष्ट सम्मान-Sutra News

सगुन सहकारीले पायो प्रदेश २ कै उत्कृष्ट सम्मान

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

सर्लाही– सर्लाहीको हरिवनस्थित सुगन बचत तथा ऋण सहकारी संस्था लिमिटडले प्रदेश २ कै उत्कृष्ट सहकारीको पुरस्कार पाएको छ ।



नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आर्थिक वर्ष २०७६/०७७ को कामका आधारमा प्रदेशस्तरीय उत्कृष्ट साकेस विद्याअन्तर्गतन सगुनलाई प्रसंशापत्र दिएको हो ।

प्रदेश २ को व्यापारीक सहर वीरगंजमा सोमबार आयोजित कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय अध्यक्ष परितोष पौड्यालले सगुनका अध्यक्ष बाबुराम घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका हुन् । ।

प्रदेश २ मा दुई हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन् । त्यसमध्येमा सगुनले उत्कृष्ट पुरस्कार पाउनु ठूलो उपलव्धि भएको बताइएको छ ।

सगुनका अध्यक्ष घिमिरेले सम्पूर्ण सेयर सदस्यको योगदानकै कारण सहकारी यो स्थानमा पुगेको बताए । सगुनलाई दुई वर्षअघि नेपाल राष्ट्रिय सहकारी महासंघले प्रदेश २ को उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट