काठमाडौं- फेसबुकमा सुसाइड नोट लेखेर डेन्टल सर्जन डा.दिगाम्बर झा बेपत्ता भएका छन् । मगंलबार बिहान फेसबुकमा आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गरेर उनी सम्पर्क बिहीन भएका प्रहरीले जनाएको छ ।
डा.झाले सुसाइड नोटमा आफूले आत्महत्या गर्नुको कारण बुवा, आमा र बहिनीसहितका परिवारका सदस्य रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘बुबा, आमा र बहिनीले जहिले मलाई दुविधामा पारिरहें । मैले कहिल्यै पनि आफ्नो चाहना अनुसार गर्न पाइनँ, जहिले उनीहरुको माग पूरा गर्दा थाकिसकेँ ।’
आफ्नो जीवन रहेका श्रीमतीलाई आमा, बुवा र बहिनीले कुट्न बाध्य पार्ने गरेको उनले उल्लेख गरेका छन् ।
उनको फोन तथा गाडी ट्रेसिङ गर्दै जाँदा पछिल्लो समय पौनती आसपास रहेको र त्यहाँ उनले चढ्दै आएको बा १६ च ८६७९ नम्बरको गाडी समेत फेला परेको प्रहरीले जनाएको छ । डा.झा भक्तपुरमा सिटी डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका थिए ।