मंगलबार थपिए २७३६ जना कोरोना संक्रमित-Sutra News

मंगलबार थपिए २७३६ जना कोरोना संक्रमित

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६०  पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ८ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ भने १ हजार ५८ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट