पूर्वसांसद् नरेन्द्र साहले दिए ‘वर्षा पम्प’-Sutra News

पूर्वसांसद् नरेन्द्र साहले दिए ‘वर्षा पम्प’

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं- पूर्वसांसद् नरेन्द्र साहले कविलासी नगरपालिका वडा नम्बर–५ को कार्यालयलाई वर्षा पम्प दिएका छन् । सिंचाइ प्रयोजनका लागि भन्दै पूर्वसांसद् साहले एक थान वर्षा पम्प वडा कार्यालयलाई प्रदान गरेका हुन् ।



सोमबार राती कबिलासी नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष राजकिशोर रायलाई उक्त पम्प हस्तान्तरण गरिएको साहका सहयोगि रोशन तामाङले जानकारी दिए ।

खोला, नहर वा कुलोमा बगिरहेको पानीमा राखेपछि सोही पानीको फोर्सबाट घुमेर वर्षा पम्पले पानी फाल्छ । सो पम्प दुईलाख ८५ हजार मूल्य बराबरको रहेको बताइएको छ ।

पम्पले पानीको फोर्स अनुसार २० मिटर उचाईसम्म २० देखि ८० हजार लिटर पानी फाल्ने छ । सिंचाई, माछापालन, पशुपालन, एकीकृत खेती लगायतमा प्रयोग गर्न सकिने पम्पबाट थोपा सिंचाई, फिरफिरे सिंचाई, ड्याङ सिचाई, पोखरी ट्यांकीबाट सिचाई लगायतमा उपयोग गर्न सकिने तामाङले जानकारी दिए ।

पूर्वसांसद् साहले दिएको पम्पलाई केही दिनपछि ढंग्रा खोलामा राखेर प्रयोगमा ल्याईने वडाध्यक्ष रायले उज्यालो अभियानलाई जानकारी दिए । विना इन्धन पानीबाटै चल्ने पम्पबाट किसानले निकै लाभ पाउने विश्वास आफूले लिएको पूर्वसांसद् साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट