मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित-Sutra News

मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

एजेन्सी- विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमै फ्रान्स फिनल्यान्डसँग २-० ले पराजित भएको हो ।



फ्रान्ससँग लगातार दबाब झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सको गोलबाट अग्रता लियो ।पहिलो गोल गरेको ४ मिनेट नवित्दै ३१औँ मिनेटमा ओन्नी भालाकारीले गोल गर्दै फिनल्याण्डका लागि दोस्रो गोल गर्दै जित दिलाए ।

फिनल्याण्डसँगको हारसँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट