चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने-Sutra News

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।



केसीलाई कोरोना संक्रमित भएपछि उनको उपचार भइरहेको छ । उनलाई कोरोना संक्रमणका साथै निमोनियाको पनि समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

अध्यक्ष केसीको उपचार खर्चका लागि जनमोर्चाका कार्यकर्ताले आर्थिक सहयोग संकलन गरिहरेका थिए ।हाल केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट