कोरोनाबाट पाँचजनाको मृत्यु-Sutra News

कोरोनाबाट पाँचजनाको मृत्यु

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं- पछिल्लो १२ घण्टाभित्र मोरङमा कारोनाबाट पाँचजनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमध्ये एकजना होम आइसोलेसनमा र चारजना अस्पतालमा थिए ।



उर्लाबारीमा होम आइसोलेसनमा एकजना, विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीनजना र विराट शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक पुरुष र चार महिला छन् ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । 

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका ३ की ४० वर्षीया महिलाको पनि बिहीबार नै मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको हो । 

विराट शिक्षण अस्पतालमा झापा जिल्लाको दमक नगरपालिका–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको थियो । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार उनी कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना भएकी थिइन । 

त्यसैगरी होम आइसोलेसनमा बसेकी मोरङको उर्लाबारी–८ की ४५ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।  कात्तिक १५ मा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट