नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई नेता शाहीको चुनौती-Sutra News

नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई नेता शाहीको चुनौती

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं- कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।



नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउन नेता शाही मुख्यरूपमा लागि परेको आरोप लगाउँदै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले मंगलबार रिपोर्ट प्रकाशित गरेपछि उनले विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएका हुन् ।

नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको पनि उनले बताएका छन् ।

‘नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छाँयामा पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीन सरकारले लगाएको सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु, शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक इञ्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट