फेसबुकको ‘फेक आइडी’ बनाएर बालिकालाई अश्लिल म्यासेज र फोटो पठाउने पक्राउ-Sutra News

फेसबुकको ‘फेक आइडी’ बनाएर बालिकालाई अश्लिल म्यासेज र फोटो पठाउने पक्राउ

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–४ बस्ने २० वर्षीय अखिल नेपाली पक्राउ परेका हुन् ।



फेसबुकको ‘फेक आइडी’ बनाएर बालिकालाई अश्लिल म्यासेज र फोटो पठाउने नेपालीलाई बिहीबार बिहान काठमाडौं महानगरपालिका वडा नं १७ बाट प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने गरेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको टोलीले नेपालीलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार नेपालीमाथि साइबर अपराध अनुसार आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट