गोलीगाँठामा चोट लागेका मेसी विश्वकप छनौटका लागि खेल्ने-Sutra News

गोलीगाँठामा चोट लागेका मेसी विश्वकप छनौटका लागि खेल्ने

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

एजेन्सी । विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरणअन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताएका छन् ।



लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न नसक्ने भनी चर्चा भइरहेका समय स्कालोनीको उक्त भनाइ आएको हो । यसभन्दा पहिले बार्सिलोनाका फरवार्ड खेलाडी मेसीले ब्युनोस आयर्सको ला बम्बोनेरामा बिहीबार पराग्वेसँगको टिमको भिडन्त अगाडि अर्जेन्टिनाको टीमसँग प्रशिक्षणमा सहभागी भएका थिए ।

बार्सिलोनामा स्कालोनीले भने, ‘मेसी आफ्नो खुट्टाको गोलीगाँठा चोटका बाबजुद पनि खेल्दै हुनुहुन्छ ।’ शनिबार बार्सिलोनाका लागि खेल्ने क्रममा खेलको आधा समयसम्म नै चोटका कारण मेसीलाई मैदानमा पठाइएको थिएन । यद्यपि उक्त खेल बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले जितेको थियो ।

बार्सिलोनाका ब्यवस्थापक रोनाल्ड कोम्यानले भने, ‘फरवार्ड मेसीलाई सुरुमा नखेलाउनुको अर्थ उहाँ स्वस्थ हुनुहुन्थेन ।’ उनले मेसीको शारिरीक अवस्थाबारे विस्तृत विवरण नदिइकनै भने ।

बिहीबार पराग्वेसँग खेलेपछि अर्जेन्टिनी फुटबल समूह अर्को खेलका लागि पेरुको राजधानी लिमा जानेछ । अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको १० टिममध्ये ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट