लिवियामा आप्रवासी सवार डुंगा दुर्घटना, ७४ जनाको मृत्यु-Sutra News

लिवियामा आप्रवासी सवार डुंगा दुर्घटना, ७४ जनाको मृत्यु

शुक्रबार, २८ कार्तिक २०७७

शुक्रबार, २८ कार्तिक २०७७

एजेन्सी- लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ ।



लिवियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

१२० जना सवार उक्त डुंगा दुर्घटना भएलगत्तै ४७ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए ।  लिवियामा वर्षेनी डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट