शुक्रबार थपिए २१ सय कोरोना संक्रमित-Sutra News

शुक्रबार थपिए २१ सय कोरोना संक्रमित

शुक्रबार, २८ कार्तिक २०७७

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट