काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । शुक्रबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २-० गोलले पराजित गरेको हो ।
नेपालले दुवै हाफमा १-१ गोल खाएको थियो । खेलको दशौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए ।