मैत्रीपूर्ण खेलमा जापानको जित-Sutra News

मैत्रीपूर्ण खेलमा जापानको जित

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

‍एजेन्सी- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले पानामाविरूद्ध संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सीमित पानमालाई १-० गोल अन्तरले पराजित गरेको हो ।



घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा लिभरपुलका विंगर मिनामिनोले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् ।

७७ औँ मिनेटमा लुइस मेजियाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित पानामाविरूद्ध जापानले थप गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट