एजेन्सी- लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । इजिप्ट फुटबल एसोसियसनका अनुसार सलाहलाई शुक्रबार कोरोनाको संक्रमण देखिएको हो ।
कोरोना देखिए पनि उनलाई कुनै लक्षण नभएको बताईएको छ । २८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् । इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन्सको छनोटमा टोगोसँग खेल्दैछ ।