पूर्वअध्यक्षको कोरोनाबाट निधन-Sutra News

पूर्वअध्यक्षको कोरोनाबाट निधन

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं- झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईको कोरोना संक्रमणका कारण शुक्रबार साँझ निधन भएको छ ।



काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए ।

फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।

अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट