ईश्वर पोखरेलको प्रचण्डलाई प्रश्न- “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?-Sutra News

ईश्वर पोखरेलको प्रचण्डलाई प्रश्न- “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाएको बताएका छन् । 



पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला सचिवालय सदस्य पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

पार्टी एकतालाई बचाउने हो भने… शीर्षकमा लेख्दै पोखरेलले भनेका छन्, ‘“प्रस्ताव’’ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू’’ दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन, नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट