ट्रम्पसहित विश्वका यी नेताले दिए दिपावलीको शुभकामना-Sutra News

ट्रम्पसहित विश्वका यी नेताले दिए दिपावलीको शुभकामना

आइतबार, ३० कार्तिक २०७७

आइतबार, ३० कार्तिक २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् ।



ट्रम्पले आफूले दीपावली गरिरहेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् ।

उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् ।

बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपावलीको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट