Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त

कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त

सूत्र न्यूज

३० कार्तिक २०७७
  • 206
    SHARES
  • कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त

    काठमाडौं- वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् । यसको जानकारी गजुरेल आफैंले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

    ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड-१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

    यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

    उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

    उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।


    प्रकाशित :कार्तिक ३०, २०७७ आइतवार - ०९:१७:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.