कर्णाली- प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले रु. तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।
त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका-७ का चक्रबहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।