कता फर्केर लगाउने भाइटीका ?-Sutra News

कता फर्केर लगाउने भाइटीका ?

सोमबार, १ मंसिर २०७७

सोमबार, १ मंसिर २०७७

काठमाडौं- यमपञ्चकको आज पाँचौँ दिन आज भाइटीका । भाइटीका लगाउँदा कुन दिशा फर्केर लगाउने भन्नेजस्ता नियमहरू पनि पालना गर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।



समितिका अनुसार भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । यसदिन साइत नै कुर्न नपर्ने भएपनिराज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट