फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता-Sutra News

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

सोमबार, १ मंसिर २०७७

सोमबार, १ मंसिर २०७७

एजेन्सी- फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।



यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्याईको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट