ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन-Sutra News

ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन

मंगलबार, २ मंसिर २०७७

मंगलबार, २ मंसिर २०७७

काठमाडौं- चुनावमा पराजय भएर पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकाल अझै लम्ब्याए अमेरिकामा कोरोना संक्रमणले धेरै व्यक्तिको ज्यान जाने राष्ट्रपति निर्वाचित जो बाइडेनले बताएका छन् ।



केही दिन यता लगातार संक्रमण बढ्दै गएको अमेरिकामा पछिल्ला दिन मृत्यु पनि बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा अमेरिकी सरकार पनि अन्तरिम अवस्थाबाट गुज्रिएको छ । यसको असर महामारी नियन्त्रणमा पनि परेको बाइडेनको दाबी छ ।

ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।

ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बाइडेनले दोहोर्‍याए । राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट