नितिश कुमारले गरे चौंथो कार्यकालको शुभारम्भ-Sutra News

नितिश कुमारले गरे चौंथो कार्यकालको शुभारम्भ

मंगलबार, २ मंसिर २०७७

मंगलबार, २ मंसिर २०७७

काठमाडौं- भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौंथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहेका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन्। 



यो उनको लगातार चौथो कार्यकाल भएपनि उनी मुख्यमन्त्री बनेको यो सातौ पटक हो । सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । 

उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन्। उनीहरूलाई पनि सोमबारै सपथ ग्रहण गराइयो ।  प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ ।  

आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, ‘जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्योभन्दा उल्टो पक्षबाट बनाइयो, त्यसैले हामीले सपथ ग्रहण समारोह बहिस्कार गरेका हौँ ।’

हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए) ले नै बहुमत प्राप्त गरेको छ। 

तर दलको रुपमा भने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । सबैभन्दा ठुलो पार्टी बनेर पनि सरकार बनाउन नपाएकाले उनीहरूले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् । 

सरकार बनाउन गठबन्धन बनाएर बहुमत पुर्‍याउने प्रचलन भएकाले ठूलो पार्टी भएर पनि यादवको पार्टीले बहुमत जुटाउन असफल भएको छ । सत्तारुढ दलहरूको गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ ।

प्रदेश संसदमा दोस्रो ठूलो दलको रुपमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट