नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी-Sutra News

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी

मंगलबार, २ मंसिर २०७७

मंगलबार, २ मंसिर २०७७

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।



मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल खेलिरहेको नेपालले आज सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेपनि मैदानमा खेलाडीको बल पोसेसन भने राम्रो हुन सकेको छैन ।

बंगलादेशसँग पहिलो खेल २–० गुमाएको नेपाल आज पनि रक्षात्मक अवस्थामा देखिएको छ । अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।

खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् । नेपालमाथि हावी भइरहेको बंगलादेशलाई रोक्ने नेपाली रक्षापंक्ति पहिलो हाफमा सफल भएको छ । सिरिजको ट्रफी जित्न नेपालले ३–० गोल अन्तरको जीत हात पार्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट