स्वीडेनमाथि फ्रान्सको सहज जित-Sutra News

स्वीडेनमाथि फ्रान्सको सहज जित

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ । समूह ए ४ को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ ।



खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे । खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे ।

खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट