नेकपालाई विभाजनबाट रोक्न चीनको सक्रियता बढ्यो-Sutra News

नेकपालाई विभाजनबाट रोक्न चीनको सक्रियता बढ्यो

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं- विभाजनको संघारमा पुगेको भनिएको नेकपा विवाद मत्थर पार्न फेरि चिनियाँ राजदूत सक्रिय भएकी छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनयाँ राजदूत होउ यान्छीले विगतमा झैँ फेरि सक्रियता बढाएकी छन् ।



राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेकी छन् । राति आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको यान्छीले दुई घण्टा ओलीसँग भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ । भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएलगत्तै उक्त सन्देश लिएर प्रधानमन्त्री ओली राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

चिनियाँ राजदूतसंगको भेटघाट सकिएलगत्तै प्रधानमन्त्री रास्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन् ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबैबाट हट्नु पर्ने आशयसहितको राजनीतिक दस्तावेज नै सचिवालय बैठकमा पेस भएपछि चिनियाँ राजदूत यान्छीले फेरि सक्रियता जनाएकी हुन् । यसअघि विवाद उत्कर्षमा पुग्दा पनि ओलीको राजीनामा मागिएको थियो । त्यसबेला पनि यान्छी सक्रिय भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट