सत्तारुढ नेकपा सचिवालय बैठक १ बजे बस्ने-Sutra News

सत्तारुढ नेकपा सचिवालय बैठक १ बजे बस्ने

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने बताएका छन् ।



सचिवालय बैठक बस्ने भनिएकै समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राखेका छन् । तर, पूर्वनिर्धारित समयअनुसार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताएका हुन् ।

‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ,’ प्रवक्ता श्रेष्ठले बुधबार बिहान गरेको ट्वीटमा उल्लेख छ ।

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट