सत्तारूढ नेकपा सचिवालय बैठक जारी-Sutra News

सत्तारूढ नेकपा सचिवालय बैठक जारी

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसहितको बैठक सुरु भएको हो ।



पार्टीभित्र देखिएको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला बैठक डाकिएको हो । बैठकअघि दुबै अध्यक्ष र अन्य शीर्ष नेताहरुको बढेको दौडधुपले पार्टीमा ठूलै संकट आएको अनुमान गरिएको थियो ।

मंगलबार राति चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । लगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न पुगेका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि राष्ट्रपति भण्डारीले भेट गरेका थिए ।

पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको बालुवाटार, खुमलटार र बालुवाटार ओहोरदोहोर बाक्लिएको थियो ।

त्यसमाथि सचिवालय र मन्त्रिपरिषद बैठक एकै समयमा दिउँसो एक बजे डाकिएकाले झन अन्यौल बढाएको थियो । तर, मन्त्रिपरिषद बैठक एक घण्टा पछाडि सारेपछि सचिवालय बैठक सहज भएको हो ।

प्रचण्डका प्र्रेस सल्लाहकार विष्णु सापकोटाले निर्धारित समयमै सचिवालय बेठक सुरु भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट