डोटी– बाजुराको खप्तड छेडेदह गाउँपालिका– १ मा जिपको ठक्करबाट एकजना बालकको ज्यान गएको छ ।
डोगडीबाट आउँदै गरेको सु प त१ज १०२००३ नम्बरको जिपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका–१ कुणीका १० वर्षीय बालक रमेश लुहारको मृत्यु भएको हो ।
बुधबार बिहान जिपको ठक्करबाट घाइते भएका रमेशलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्याइएको थियो
उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।