ओलीलाई पदबाट हटाउनैपर्छः बाबुराम-Sutra News

ओलीलाई पदबाट हटाउनैपर्छः बाबुराम

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका छन् ।



सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता-भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनैपर्छ हैः १. राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । २. ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट