भारतमा थप ४५ हजारमा संक्रमण-Sutra News

भारतमा थप ४५ हजारमा संक्रमण

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।



थप ४५ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख ५८ हजार १४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ८१ हजार ७७० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट