छठका अवसरमा राष्ट्रपति सहभागी नहुने-Sutra News

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् । 



राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट