अमेरिकामा एकैदिन थपिए १ लाख ८७ हजार संक्रमित-Sutra News

अमेरिकामा एकैदिन थपिए १ लाख ८७ हजार संक्रमित

शुक्रबार, ५ मंसिर २०७७

शुक्रबार, ५ मंसिर २०७७

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ । केही साता यता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै १ लाख ८७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।



यसअघि गत शनिबार (नोभेम्बर १४) १ लाख ८३ हजार ५२७ जनामा संक्रमण भएर अमेरिकामा नयाँ रेकर्ड कायम भएको थियो । पछिल्लो २४ घण्टामा १ लाख ८७ हजार ८४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २० लाख ६३ हजार ५७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७२ लाख २६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ४५ लाख ७९ हजार १४४ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २०११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट