Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

सुनको भाउ तोलाको ९४ हजारमा कारोबार

सुनको भाउ तोलाको ९४ हजारमा कारोबार

सूत्र न्यूज

५ मंसिर २०७७
  • 123
    SHARES
  • सुनको भाउ तोलाको ९४ हजारमा कारोबार

    काठमाडौं- नेपाली बजारमा सुनको भाउ तोलाको ९४ हजारमा आइपुगेको छ । यो साता निरन्तर सुनचाँदीको भाउ घटेको छ । बिहीबारको तुलनामा आज शुक्रबार तोलामा चार सय रुपैयाँले सुनको भाउ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको भाउ तोलाको ९४ हजार कायम गरेको छ । हिजो बिहीबार पनि ७ सय रुपैयाँलै घटेर प्रतितोला ९४ हजार ४ सय कायम भएको थियो । बुधबार तोलाको ९५ हजार १ सय रुपैयाँ थियो ।

    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय कायम भएको छ । हिजो बिहीबार ९३ हजार नौ सय रुपैयाँ रहेको तेजाबी सुनको भाउ बुधबार ९४ हजार ६ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    प्रकाशित :मंसिर ५, २०७७ शुक्रवार - १२:०३:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.