Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

सैनामैनाका कृषकलाई मौरीका घार

सैनामैनाका कृषकलाई मौरीका घार

सूत्र न्यूज

५ मंसिर २०७७
  • 134
    SHARES
  • सैनामैनाका कृषकलाई मौरीका घार

    रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० घार वितरण गरिएको हो ।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत् नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकामा व्यावसायिकरुपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ किसानलाई दुई÷दुई वटाका दरले बिहीबार मौरीको घार प्रदान गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

    मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायत १७ सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिए । माहुरी स्रोत केन्द्र सञ्चालनबाट आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।


    प्रकाशित :मंसिर ५, २०७७ शुक्रवार - १३:५३:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.