बेलायतमा एकै दिन २३ हजार संक्रमित, ५०१ को मृत्यु-Sutra News

बेलायतमा एकै दिन २३ हजार संक्रमित, ५०१ को मृत्यु

शुक्रबार, ५ मंसिर २०७७

शुक्रबार, ५ मंसिर २०७७

एजेन्सी- बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्यांकमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका संक्रमित देखिएका बताइएको हो ।



स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती संक्रमितसहित कोरोना संक्रमितको संख्या १४ लाखभन्दा बढी पुगेको छ । बिहीबार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा संक्रमितको संख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो ।

बेलायतमा यसरी एकैदिन यति धेरै संक्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना संक्रमितको मृत्यु भएको बताइएको छ । यो संख्या बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ५३ हजार ७७५ पुगेको छ ।

पछिल्लो महिना संक्रमितको संख्या बढेसँगै मृतकहरुको संख्या पनि बढेको बताइएको छ । कोरोनाको दोस्रो लहरको संक्रमण सुरु भएको बताइएको छ । जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । सरकारले यो तथ्यांकले बेलायतमा संक्रमणले थप चिन्ता बढाइदिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट