उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ-Sutra News

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् ।



कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट