कतारले नेपालीलाई खाद्यान्न सहयोग गर्ने-Sutra News

कतारले नेपालीलाई खाद्यान्न सहयोग गर्ने

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

दोहा- कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार सरकारले खाद्यान्न सहयोग गर्ने भएको छ । कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार च्यारेटीले खाद्यान्न (फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रमअन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको हो । 



नेपाली परिवारहरुको विवरण संकलन गर्न लागिएकाले खाद्यान्नको समस्या भएका नेपाली परिवारलाई सम्पर्क गर्न गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आग्रह गरेका छन् ।

सहयोग प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या र कतार आईडिको प्रतिलिपी इमेल गर्न उनले आग्रह गरे ।

कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित भएका आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट