भारतको अहमदाबादमा कर्फ्यु आदेश-Sutra News

भारतको अहमदाबादमा कर्फ्यु आदेश

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

गुजरात- कोरोनाको दोस्रो लहरले भारतको गुजरात राज्यको राजधानी अहमदाबादको अवस्था प्रतिकुल बनाएको छ ।



संक्रमण नियन्त्रणका लागि अहमदाबादमा शुक्रबार राति ९ बजेदेखि कर्फ्यु जारी भएको छ । कर्फ्यु सोमबार बिहान ६ बजेसम्मका लागि लगाइएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

अहमदाबादका सबैजसो गल्ली कर्फ्यु लागेपछि शुनसान बनेका छन् । बाहिरबाट जाने सवारीलाई बाइपासमा रोकेर अन्य साधनमार्फत घर पठाउने व्यवस्था गरिएको छ ।  निजी सवारीलाई पनि गाइडलाइन बनाएर मात्र अहमदाबादमा प्रवेश दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट