सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै कार्यकर्ताले गरे दुर्व्यवहार-Sutra News

सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै कार्यकर्ताले गरे दुर्व्यवहार

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेलाई चितवनमा दुर्व्यवहार भएको छ । चितवनको नेकपा राप्ती नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा पाण्डेमाथि दुर्व्यवहार भएको हो ।



स्थायी समिति सदस्यसमेत रहेका पाण्डेले बोल्दै गर्दा १५२० जनाको हूल हलमा प्रवेश गर्दै पाण्डेलाई बोल्नबाट रोकेका हुन् । गुटको भेला गरेको भन्दै ओली समर्थकले चर्को नाराबाजी गरेका थिए । हो-हल्ला भएपछि कार्यक्रम नै स्थगित गरियो ।

केन्द्रमा ओली र प्रचण्ड गुटबीच चर्को मतभेद हुँदै गर्दा जिल्ला-जिल्लामा नेता कार्यकर्ता यसरी झडपमा उत्रिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट