काबुल रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो, दर्जनौं घाइते-Sutra News

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो, दर्जनौं घाइते

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको संख्या ८ पुगेको छ ।



अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट