विश्वभर १ करोड ६६ लाख सक्रिय संक्रमित-Sutra News

विश्वभर १ करोड ६६ लाख सक्रिय संक्रमित

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख पुगेको छ ।



पछिल्लो २४ घण्टामा ५ लाख ७६ हजार ५७६ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ पुगेको छ । यसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८४ लाख ७५ हजार ७४९ पुगेको छ । त्यसमध्ये ४ करोड ४ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१९ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८९८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट