ओलीले दिए पार्टी फुट्ने संकेत, ८ मन्त्रालयसहित सहकार्य गर्न देउवालाई प्रस्ताव-Sutra News

ओलीले दिए पार्टी फुट्ने संकेत, ८ मन्त्रालयसहित सहकार्य गर्न देउवालाई प्रस्ताव

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन् ।



शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई ८ मन्त्रालय दिने प्रस्ताव राखेका छन् ।

प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट