कांग्रेस तत्काल सरकारमा सहभागी हुँदैन: प्रवक्ता शर्मा-Sutra News

कांग्रेस तत्काल सरकारमा सहभागी हुँदैन: प्रवक्ता शर्मा

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।



प्रवक्ता शर्माले आइतबार ट्वीट गर्दै ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश कांग्रेसलाई भएको बताएका छन् । उनले तत्काल सरकारमा सहभागी नहुने संकेत गरेका छन् ।

‘भ्रम; कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं’, शर्माले भनेका छन्, ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अतः यता या उताको जोड घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल ।’

प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा आइतबार भएको भेटमा ओलीले ८ मन्त्रालयको प्रस्ताव अघि सारेर कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको भन्ने समाचार सार्वजनिक भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट