प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम जाँदै-Sutra News

प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम जाँदै

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलाम भ्रमणमा जाने भएका छन् । सोमबार बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।



ओली सुरुमा ताप्लेजुङ जानेछन् । उनले ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इलाम जाने कार्यक्रम तय भएको छ ।

ओलीले इलामको सन्दकपुरमा निर्माण भएको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । गत मंसिर ५ गते उनी ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि स्थगित भएको थियो।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली हेलिकोप्टरमा गएर सोमबार नै काठमाडौं फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट