अमेरिकाले डिसेम्बरबाट आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिने-Sutra News

अमेरिकाले डिसेम्बरबाट आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिने

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

काठमाडौ- अमेरिकाले आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड–१९को खोप दिने तयारी गरेको छ ।



अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा.मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

सीएनएनसँग कुराकानीमा डा. स्लावीले खोप स्वीकृति पाएको ४८ घण्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट